दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

गनपा- ९ बाङ्गेसल्लाका दुई घर पहिरोको उच्च जोखिममा

गल्कोट २०७४ साउन २८ । अस्ति  रातिदेखिको अबिरल बर्षाका कारण गल्कोट नगरपालिका ९ बाङ्गेसल्लामा दुई घर पहिरोको उच्च जोखिममा परेका छन । स्थानिय सुरज बिक र पुर्ण बहादुर बिक को घर पहिरोको जोखिममा परेको स्थानिय तेजेन्द्र बिकले बताए ।

कुवेतमा भिङगिठेका मृतक कपिल घर्तीका परिवारलाई ६४ हजार आर्थिक संकलन

सेवा नै धर्म हो भन्ने सोँचका साथ बागलुङ जिल्ला बडीगाड गाउपालिका वडा नम्बर ७ भिमगिठेका युवाहरुले कुवेतमा मृत्यु भएका कपिल घर्तिका परिवारलाई आर्थिक संकलन सुरु गरेका छन । कुवेतमा रहेका नेपालीहरुले मृतक घर्तिको छोरीको पढाई र उपाचर खर्चका लागी रकम संकलन अभियान सुरु गरेका हुन ।

बागलुङमा सेयर लगानीकर्ताको उत्साह बढ्यो, तीन महिनामा एघार करोडको कारोबार

बागलुङमा पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको संख्या वृद्धि हुन थालेको छ । स्टक ब्रोकर नम्बर ५९, दिब्या सेक्युरिटिजले अहिले बागलुङका लगानीकर्तालाई सेयर कारोबार गर्ने प्लेटफर्म उपलब्ध गराई रहेको छ । दिब्याकाे रिमोट वर्क स्टेशन बागलुङमा पछिल्लो तीन महिनामा ११ करोड रुपैंयाको सेयर किनबेच भएको कम्पनीले जनाएको छ ।

बागलुङमा घर भत्किदा २ जनाको मृत्यु

निरन्तरको वर्षापछि बागलुङको गलकोट नगरपालिका-९ बडगाउँमा घरको गाह्रोले च्यापिएर दुई जनाको मृत्यु भएको छ ।

गएराति करिब १ बजेको समयमा घरको पछाडिपट्टकिो गाह्रो भत्तिएपछि एकै परिवारका ७५ बर्षीय जयलाल बिक र उनका नाति १३ बर्षीय छोरा बिबेक बिकको घटनास्थलै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ ।

संशोधन विधेयक भोटिङमा लैजाने सहमति, चुनावमा सहभागी हुन राजपा तयार

सरकार र राष्ट्रिय जनता पार्टी संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई तत्काल निर्णयार्थ पेश गर्न सहमति भएका छन् । यससँगै राजपा प्रदेश २ मा हुने स्थानीय चुनावमा सहभागी हुनेछ ।

सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा भएको छलफलमा संशोधन अघि बढाउने सहमति भएको हो । सम्भवत आगामी मंगलबार संशोधन विधेयकमाथि संसदमा मतदान भोटिङ हुनेछ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal