दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

धुल्लुबाँस्कोटका पहिरो पिडितलाई बागलुङ समाज पोखराद्वारा राहत प्रदान ।

प्रकाश छन्त्याल, लुरुङ । १७ आषाढ २०७५ । गत सोमबार राति परेको वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएका धुल्लुबास्कोटका विष्णु बहादुर क्षेत्रीका घरपरिवार तथा धुल्लुबास्कोटका विस्थापित घरपरिवालाई बागलुङ समाज पोखराले नगद रु १ लाख १ हजार १ सय ११ रुपैया आर्थिक सहयोग सहयोग गरेको छ । 

धुल्लुबास्कोटका पहिरो पिडीतलाई राजमो बागलुङको राहत ।

प्रकाश छन्त्याल, लुरुङ । १६ आषाढ २०७५ । गत सोमबार राति परेको वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएका धुल्लुबास्कोटका विष्णु बहादुर क्षेत्रीका घरपरिवार तथा धुल्लुबास्कोटका विस्थापित घरपरिवालाई राष्ट्रिय जनमोर्चा जिल्ला समिती बागलुङले नगद रु ७५ हजार आर्थिक सहयोग सहयोग गरेको छ । 

गत सोमबार पहिरोमा परी ज्यान गुमाएका क्षेत्री परिवारलाई राहत लिएर राजमो बागलुङका अध्यक्ष थापा धुल्लुबास्कोटमा ।

जीवन पौडेल, बरेङ । १५ आषाढ २०७५ । गत सोमबार राति परेको वर्षाका कारण ज्यान गुमाएका धुल्लुबास्कोटका विष्णु बहादुर क्षेत्रीका घरपरिवारलाई राष्ट्रिय जनमोर्चा जिल्ला समिती बागलुङले नगद रु ४० हजार आर्थिक सहयोग गर्ने भएको छ । राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले मृतकका परीवारलाई आर्थिक सहयोग गर्नको लागी जिल्लाबाट राहत लिएर आफ्न्तकोमा हिडेको बताउनुभएको छ ।

प्रगतिशिल पत्रकार संघ उपशाखा वरेङद्वारा पत्रकार राना बचाउ अभियान शुरु

प्रेम पुन बरेङ । १५ आषाढ २०७५ । पत्रकार महासंघ बागलुङ शाखाका कोषध्यक्ष विजय राना बचाउ अभियान अन्तर्गत शुक्रबार प्रगतिशिल पत्रकार संघ उपशाखा वरेङले पनि आर्थीक संकलन अभियान सुरु गरेको छ ।

सर्बोदय माबिका शिक्षक तथा एसईई परिक्षा उत्तिर्ण बिद्यार्थीहरुलाई सम्मान ।

दिपेन्द्र परियार, बरेङ । १५ आषाढ २०७५ । सर्बोदय माध्यामिक  बिद्यालय बरेङले शैक्षिक शत्र २०७४ सालको एसईइ परिक्षा उत्तिण बिद्यार्थी तथा शिक्षकहरुलाई शुक्रबार एक कार्यक्रमका बिच सम्मान गरेको छ । एसईइ परिक्षामा उत्कृष्ट ग्रेड ल्याउन सफल बिद्यार्थी तथा शिक्षकहरुलाई प्रमाण पत्र तथा मायाको चिनो सहित सम्मान गरिएको हो ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal