दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

प्रदेश सरकारले सक्रियताकासाथ जनहितमा काम गर्छ ः मन्त्री बस्नेत ।

१८ श्रावण २०७५ । गण्डकी प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री राम शरण बस्नेतले प्रदेश सरकारले सक्रियताका साथ जनहितमा काम गर्ने बताएका छन् । प्राकृतिक बिपदको स्थलगत अनुगमनको क्रममा शुक्रबार बागलुङको बरेङ गाउँपालिका आईपुगेका मन्त्री बस्नेतले यस्तो बताएका हुन ।

सर्बोदय माबिद्वारा शिक्षक हिस्कीलाई बिदाई ।

१३ श्रावण २०७५, बरेङ । सर्बोदय माध्यमिक बिद्यालयले आफ्ना शिक्षक बिष्णु हिस्कीलाई बिदाई गरेको छ । बागलुङको बरेङ गाँउपालिका–२, बरेङ स्थित उक्त बिधालयमा अघिल्लो शैक्षिक सत्र देखि नि मा बि गणित तथा विज्ञान बिषयमा अध्यापन गर्दै आएका शिक्षक  हिस्कीलाई आईतबार एक कार्यक्रमका बिच बिदाई गरिएको हो । 

केशबलाई यसरी पो मन परेछ !

१.  आफ्नै ठानी दिन्छौ तन मन र त मनपर्छ
 भन्छौ रिसाएर कैले केही नभन र त मनपर्छ
टाढा  भएको महसुस नै हुँदैन आजकल,
बोल्दा हासी खुसी भै झन र त मनपर्छ 

संघर्ष युवा क्लव हिले गुल्मीको चौथो साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न,, अध्यक्षमा पुन सर्बसम्मत ।

प्रेम पुन, हिले । १२ श्रावण २०७५ । संघर्ष युवा क्लव हिले गुल्मीको चौथो साधारण सभा तथा तेस्रो अबिधेशन सम्पन्न भएको छ । गुल्मी जिल्लाको कालिगण्डकी गाउपालिका वडा नं. ७ हिलेमा रहेको संघर्ष युवा क्लवको साधारण सभा तथा अबिधेशन शनिबार सम्पन्न भएको हो ।

दलित घरपरिवारलाई बाख्रा बितरण ।

दिपेन्द्र परियार । ११ श्रावण २०७५ ।

सुखौराका दलित घरपरिवारलाई उन्नत जातका बाख्रा बितरण गरिएको छ । बरेङ गाउपालिका दलित बर्ग उत्थान समितिले गाँउपालिकाको वडा नं. ५ सुखौराका एकल महिला, अपाङग तथा गरिब १३ दलित घरपरिवारलाई बाख्रा बितरण गरेको हो ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal