दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बरेङ गाउँपालीकामा एफ आईपिभि खोप शुरु ।

पदम राङखानी, बरेङ । ०२ भाद्र २०७५ । बागलुङको बरेङ गाउँपालीका अन्र्तगतका सबै स्वास्थ्य संस्थाहरुमा एफ आइ पि भि खोप कार्यक्रम शुरु गरिएको छ । पोलियो रोग लाग्न बाट बचाउने उक्त खोप कार्यक्रम शनिबार देखि शुरु गरिएको हो ।

लागु पदार्थ दुव्र्यसनी विरुद्ध अखिल छैठौंको प्रशिक्षण बरेङमा ।

केशब राज क्षेत्री, बरेङ । २९ श्रावण २०७५ । राष्ट्रिय जनमोर्चाको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौँले बागलुङको बरेङ गाउँपालिकामा भेला तथा प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गरेको छ ।  छैठौको जिल्ला समिति बागलुङले चलाएको लागु पदार्थ दुव्र्यसनी विरुद्धको अभियान अन्र्तगत मङलबार बरेङ गाँउपालिका स्थित सर्वोदय माध्यमिक विद्यालय बरेङमा प्रशिक्षण तथा भेला सम्पन्न भएको हो ।

बरेङमा कोरियन भाषा परिक्षा तयारि कक्षा सञ्चालन ।

२६ श्रावण २०७५, बरेङ । बागलुङको बरेङ गाउँपालिका स्थित बरेङ बजारमा कोरियन भाषा परिक्षा तयारी कक्षा सञ्चालन भएको छ । रोजगार अनुमति प्रणाली ( ईपिएस ) को आगामी बर्ष लिईने परिक्षाको तयारि स्वरुप रेशनल ईन्सिच्युट काठमाण्डौले बरेङमा शाखा बिस्तार गरेपछि कक्षा सञ्चालन भएको हो ।

आउँदो भिकुम पुर्णिमामा सत्यववती महोत्सव गरिने ।

२० श्रावण २०७५, गुल्मी । आउँदो मसिंर महिनाको भिकुम पुर्णिमाको दिन पारेर गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका ७ हिलेमा रहेको सत्यवती मन्दिरमा सत्यववती महोत्सव गरिने भएको छ । मन्दिरलाई धार्मिक पर्यटनको रूपमा विकास गर्न सोहि स्थानमा रहेको संघर्ष युवा क्लबले महोत्सवको आयोजना  गर्नेे भएको हो ।

प्रदेश सरकारले सक्रियताकासाथ जनहितमा काम गर्छ ः मन्त्री बस्नेत ।

१८ श्रावण २०७५ । गण्डकी प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री राम शरण बस्नेतले प्रदेश सरकारले सक्रियताका साथ जनहितमा काम गर्ने बताएका छन् । प्राकृतिक बिपदको स्थलगत अनुगमनको क्रममा शुक्रबार बागलुङको बरेङ गाउँपालिका आईपुगेका मन्त्री बस्नेतले यस्तो बताएका हुन ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal