रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बिहानीको सेवाकेन्द्र बिस्तार अभियान जैमिनी न.पा. १० राङखानीमा ।
०२ आश्विन २०७५, राङखानी । बागलुङको बरेङ गाँउपालिका वडा नंं. १ बरेङ बजारमा प्रधान कार्यलय रहि बिगत ८ बर्ष देखि सेवा प्रदान गर्दै आईरहेको बिहानी बहुद्देश्यीय सहकारी संस्था लि. को सेवा केन्द्र बिस्तार अभियान जैमिनी नगर पालिकाको वडा नं. १० राङखानीमा सम्पन्न भएको छ ।
करेन्ट लाग्दा दुहुनो भैँसीको मृत्यु
२०७५ असोज, १, बरेङ ।
बरेङ गाउँपालिका वडा नम्वर २ डाँडाकटेरीमा विद्युत सर्ट हुँदा एउटा भैँसी घटना स्थलमै मरेको छ ।
बरेङ गाउँपालिकामा अखिल छैठौँको प्रथम भेला सम्पन्न, गुरुङको अध्यक्षतामा १३ सदस्य कमिटि गठन
२०७५ असोज १ बरेङ । अखिल छैठौँ बागलुङको ऐतिहासिक २३ आँै जिल्ला सम्मेलनको तयारी अन्तर्गत विभिन्न विद्यालय, नगरपालिका तथा गाउँपालिकामा सङ्गठन निर्माण र परिचालन अन्र्तगत सोमबार बागलुङको दक्षिण बरेङ गाउँपालिकामा गाउँपालिका स्तरीय अखिल छैठाँैको प्रथम भेला सम्पन्न भएको छ ।
गाडीले ठक्कर दिँदा विद्युत पोल भाँचियोः विद्युत अवरुद्ध
२०७५ असोज १,बरेङ ।
लु १ च ७६३७ नम्बरको पिकअप जिपले सामुदायिक विद्युतीकरणको काठको विद्युत पोलमा ठक्कर दिँदा पोल भाँचिएर सोमबार बागलुङको बरेङ बजारमा विद्युत अवरुद्ध भएको छ ।
गायिका शर्मिला गुरुङको ‘पानै र चौकाले’ बरेङ तिज मेलामा धमक्का !
२९ भाद्र २०७५, बरेङ ।पानै र चौकाले भैयो भेट बेला र मौकाले, बगेको खोला फेरी भेट होला कि नहोला कुनौ जमनामा चर्चित यो गितले बरेङ तिज मेलामा रौनकता थप्यो । राष्ट्रिय लोक तथा दोहोरी गायिका शर्मिला गुरुङले यो गित गाउन शुरु गरेपछि कम्मर मर्काइ मर्काइ नाच्नेहरुको संख्या दर्शकहरुमा मात्र सिमित रहेन मञ्चमा आशिन अतिथि, कलाकार एबं प्रस्तोताले समेत मन थाम्न सकेनन्, अन्तत सबै नाचे, मानौ कुनै समुह नृत्यको आयोजना गरिएको जस्तो दृश्यको अनुभुति भएको थियो ।






