दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

कौडे पर्यटन बिकास तथा सिग्दी घरबास कार्यक्रमका लागि प्रारम्भिक अध्यन तथा अबलोकन भ्रमण ।

प्रकाश छन्त्याल, सिग्दी । १० कार्तिक २०७५ । बागलुङको बरेङ गाँउपालिका वडा नं २ मा अवस्थित पालिकाकै सबैभन्दा उचाईमा रहेको कौडेको लेकलाई पर्यटकिय क्षेत्र बनाईने उदेश्यका साथ प्रारम्भिक अध्यन तथा अबलोकन भ्रमण गरिएको छ । कौडे पर्यटन बिकास तथा सिग्दी घरबास कार्यक्रम गर्ने उद्धेश्यका साथ यस क्षेत्रका जनप्रतिनिधि, कर्मचारि, बुद्धिजिवी, पत्रकार एव स्थानियको टोलिले शनिबार अध्यान अबलोकन भ्रमण गरेको हो ।

चौताराबासीले गोरेटो बाटो निर्माण गरे ।

केशब राज क्षेत्री, बरेङ । २९ आश्विन २०७५ । नेपालीहरुको महान पर्व दशँै नजिकिए संगै बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर स्थित चौताराबासीले सोमबार मुलाघाट, खानीगैरा, पोखराचौर, नेटास्थित खडगदेवि मन्दिर परिसरसम्म गोरेटो बाटो निर्माण साथै सरसफाई कार्य सम्पन्न गरेका छन् ।

बागलुङको जैमिनी नगरपालिका राङखानी किटेनी स्थित हिमालयन खेलकूद परिवारको २० औं बार्षिकोत्सव उट्घाटन ।

प्रकाश छन्त्याल, किटेनी । २८ आश्विन २०७५ । बागलुङको जैमिनी नगरपालिका वडा नं १० राङखानी किटेनी स्थित “परिबर्तनको लागी एकता, मैत्रीपूर्ण खेल आजको आवश्यकता” भन्ने नाराका साथ हिमालयन खेलकूद परिवारको २० औं बार्षिकोत्सव आईतबार उट्घाटन गरिएको छ ।

विहानी बहुउदेश्यीय सहकारी संस्थाको १०औ वार्षिक साधारण सभा सम्पन्न ।

२८ आश्विन २०७५, बरेङ । बागलुङको बरेङ गाउपालिका वडानं १ धुल्लुबास्कोट बरेङ बजार स्थित विहानी बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको १० औ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

राजमो बरेङ गाँउपालिकाको नेतृत्वमा थापा, संघीयताको स्वरुप तपाईं भन्दा मपाई उन्मुख ः प्रमुख अतिथि ।

प्रकाश छन्त्याल, बरेङ । २६ आश्विन २०७५ । गण्डकी प्रदेश संघिय मामिला समितिका सभापति तथा माननिय सांसद कृष्ण थापाले संघीयताको स्वरुप तपाईं भन्दा मपाई उन्मुख भएको बताएका छन् । राष्ट्रिय जनमोर्चा बरेङ गाउँपालिकाको शुक्रबार सम्पन्न प्रथम सम्मेलनको उद्घाटन पश्चात बोल्दै थापाले यस्तो बताएका हुन । 

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal