रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
विद्यार्थी जेठो छोरा हुने की कान्छो ? शिव चालिसे बागलुङ ।
विद्यार्थीको आफ्नो छुटै वर्ग नहुने हुदा यो समुदाय वर्गविहिन समुदाय हो । माक्र्सले आफ्नो दर्शनमा भरिएजस्तै वर्गसंघर्ष विद्यार्थी समुदायमा हुदैन यो सिद्धान्तत सर्वव्यापी कुरा हो । तर उनीहरु वर्गिय लडाई वा वर्गसंघर्षका सिकारु शक्ति भने हुन । किनकी विद्यार्थी सधै विद्यार्थी रहदैनन् । उनिहरु फरक प्रकारको वर्गिय पेसा वा व्यावसायमा छिटै प्रवेश गर्छन । विद्यार्थी जीवनमा उ माथी कस्तो प्रकारको वैचारीक खुराक पर्दछ उ भविश्यमा त्यस्तै प्रकारको पेशामा प्रवेश गर्दछ । अनि अर्को कुरा उ बसेको, हुर्केको, र पढेको समुदाय वा देशको स्थितीमा पनि उसको भावी जीवनको बाटो कोरिन्छ ।
बरेङ गाँउपालिकाद्वारा हुग्दिशिरका ५३ जना जेष्ठ नागरिक सम्मानीत
जीवन पौडेल, सुदला । १७ कार्तिक २०७५ । बुधबार देखी गाउँपालीकाका ५ वटै वडामा रहेका जेष्ठ नागरीक सम्मान कार्यक्रम थालेको बरेङ गाउँपालीकाले शनिबार वडा नम्वर २ हुग्दिशिरका ५३ जना जेष्ठ नागरीकलाई सम्मान गरेको छ ।
बरेङ गाँउपालिकाद्वारा धुल्लुबाँस्कोटका ५७ जेष्ठ नागरिकहरुलाई सम्मान ।
प्रकाश छन्त्याल, लिउवा । १६ कार्तिक २०७५ । बरेङ गाँउपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रमको शुरुवात गरेसंगै शुक्रबार बरेङ गाउँपालिका वडा नं १ धुल्लुबाँस्कोटको वडा कार्यलय लिउवामा जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।
चोंयाले धानेको हर्क बहादुरको जीवन !
जीवन पौडेल, हुग्दिशिर । १५ कार्तिक २०७५ । बरेङ गाउँपालीका वडा नम्वर २ का हर्क बहादुर दर्जीले स्थानिय स्तरमा उत्पादन हुने बाँसबाट बन्ने डाली, सुपा, मान्दा्र, थुन्से बुनेर आफ्नो परिवार पाल्दै आएका छन । साविकको हुग्दिशिर गाविस वडा नम्वर ४ डाडाँथोकका दर्जीले विगत ३० वर्षदेखी यो पेसा अँगालेर आफ्नो ७ जनाको परिवार पाल्दै आएका हुन ।
बरेङ गाउँपालिकाद्वारा सुखौराका जेष्ठ नागरिकलाई सम्मान
दिपेन्द्र परियार, बरेङ(सुखौरा) । १५ कार्तिक २०७५ । बुधबारदेखि जेष्ठ नागरिक सम्मान कार्यक्रम गर्न थालेको बरेङ गाउँपालिकाले बिहिबार बरेङ गाउँपालिका–५ सुखौराका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ .