रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
सर्बोदय माबिमा शुभकामना आदान प्रदान सहित बिबिध कार्यक्रम सम्पन्न ।
दिपेन्द्र परियार, बरेङ । २३ आश्विन २०७५ । बागलुङको बरेङ गाँउपालिका वडा नं. २ बरेङ बजार स्थित सर्बोदय माध्यमिक बिद्यालयमा शुभकामना आदान प्रदान सहित बिबिध कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयले बिजया दशमी तथा शुभदिपावली २०७५को शुभकामना आदान प्रदान तथा दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन सहित पुरस्कार बितरण, सम्मान तथा बिदाई कार्यक्रम मंगलवार सम्पन्न गरेको हो ।
अखिल छैठौंको शुभकामना आदन प्रदान कार्यक्रम जनता माबि पोखरिबारीमा ।
कमल राना, पैञ्युथन्थाप । २३ आश्विन २०७५ । जनता माध्यमिक बिधालय पैयुुथन्थापमा अध्यानरत ११ र १२ कक्षाका बिध्यार्थी र अखिल (छैठौं) जनता मा.बि इकाई समितिले संयुक्तरूपमा नव बर्ष २०७५ सालको बिजयदशमी तथा शुभ दिपावलिको पावन अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम मंगलबार बिधालयको प्राङगणमा सम्पन्न गरेको छ ।
राङखानी माध्यमिक बिद्यालय डाँडाखानीको ६६औं बार्षिकोत्सब सम्पन्न ।
प्रकाश छन्त्याल, डाँडाखानी । २३ आश्विन २०७५ । राङखानी माध्यमिक बिद्यालय डाँडाखानीको ६६औं बार्षिकोत्सब सम्पन्न भएको छ । जैमिनी नगरपालिका वडा नं. १० को डाँडाखानी स्थित उक्त बिद्यालयको ६६औं बाषिैकोत्सब कार्यक्रम मंगलवार मुल समारोह सहित सम्पन्न भएको हो ।
बिहानीको १०औं बार्षिक साधारण सभा असोज २७ मा, ७० बर्ष माथिका जेष्ठ सदस्य सम्मान कार्यक्रम थप ।
२१ आश्विन २०७५, बरेङ । बागलुङको बरेङ गाँउपालिका वडा नं. १ बरेङ बजारमा अबस्थित बिहानी बहुद्धेश्यीय सहकारि संस्था लिमिटेडको १० औं बार्षिक साधारण सभा आउदो शनिबार सम्पन्न हुने भएको छ । यसअघि असोज ३ गते बसेको सञ्चालक समितिको २४ औं बैठकले साधारण सभा सम्पन्न गर्ने मिति तय गरे आनुरुप आज बसेको समिति तथा उप समितिको संयुक्त बैठकले साधारण सभाको तयारिलाई तिब्रता दिएको हो ।
तिर्थयात्री बोकेर फर्केको जिप दुर्घटना, १ को स्थिती गम्भिर ।
दिपेन्द्र परियार, बरेङ । २१ आश्विन २०७५ । तिर्थयात्री लिएर बाग्लुङबाट बरेङका लागी छुटेको जिप शनिबार दिउसो पल्टीदा १ जना गम्भीर घाईते भएका छन ।






