रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
धुल्लुबाँस्कोटका दलित घरपरिवारलाई ग्यालेण्डर मशिन बितरण, आधुनिकीकरण गरिदै परम्परागत आरन ।
दिपेन्द्र परियार, धुल्लुबाँस्कोट । १५ आश्विन २०७५ । बागलुङको बरेङ गाँउपालिका अन्र्तगत वडा नं. १ धुल्लुबाँस्कोटका परम्परागत आरन व्यवसाय गर्दै आएका दलित घर परिवारलाई बिद्युतिय ग्यालेण्डर मशिन बितरण गरिएको छ । परम्परागत आरन व्यवसायलाई आधुनिकिकरण गर्नका लागि बरेङ गाँउपालिका दलित लक्षित कार्यक्रम अन्र्तगत दलित बर्गा उत्थान समितिले मशिन बितरण गरेको हो ।
अखिल छैठौँ बागलुङको २३औं जिल्ला सम्मेलन उद्घाटन, बिकृती अन्त्यका लागी जनबादी र बैज्ञानिक शिक्षा ः प्रमुख अतिथि ।
प्रकाश छन्त्याल, गलकोट । ११ आश्विन २०७५ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौं बागलुङको २३औं जिल्ला सम्मेलन बाग्लुङको गलकोट नगरपालिका काडेबाँसमा आज उत्घाटन गरिएको छ । बिशाल ¥यालिका साथ गल्कोटको बाँस खोला देखि काँडेबासको शिव माध्यमिक बिद्यालयको प्राङ्गणमा मुल समारोहमा परिणत भएको उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथि युनियनका केन्द्रिय महासचिब भिमलाल पोखरेलले मैनबत्ती बालेर उद्घाटन गरे ।
गायक तथा संचारकर्मी श्रीसकी मायालु अर्कैकी “बेहुली” बनेपछि
जीवन पौडेल, ११ आश्विन २०७५ । लोक गायक तथा संचारकर्मी गोविन्द श्रीसको “बेहुली” नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमार्फत भावुक हुदैँ उनले आफ्नो मायालुले छोडेर अर्कैको सिन्दुर पहिरेको भावलाई व्यक्त गरेका छन् । एउटा युगल जोडी लामो समय सम्म प्रेम जालमा परेर विहे अर्कै संग गरेको पिडा म्युजिक भिडीयो मार्फत व्यक्त गरिएको छ ।
सुदला बरेङ बाघकाटे गाजादह सडक दशैं अगावै स्तरोन्नती गरिने ।
०८ आश्विन २०७५, बरेङ । बागलुङको बरेङ गाँउपालिका अन्र्तगत हुग्दिशिरको सुदला देखी बरेङ बाघकाटे हुदैं गाजादह सम्म पुग्ने सडकको स्तरोन्नती गरिने भएको छ । उक्त सडक खण्डमा पर्ने उपभोक्ताहरुको सोमबार बसेको भेलाले नजिकिदै गरेको दशैं अगावै सडक स्तरनोन्नती गर्ने निर्णय गरेको हो ।
बिहानीको सेवाकेन्द्र बिस्तार अभियान जैमिनी न.पा. १० राङखानीमा ।
०२ आश्विन २०७५, राङखानी । बागलुङको बरेङ गाँउपालिका वडा नंं. १ बरेङ बजारमा प्रधान कार्यलय रहि बिगत ८ बर्ष देखि सेवा प्रदान गर्दै आईरहेको बिहानी बहुद्देश्यीय सहकारी संस्था लि. को सेवा केन्द्र बिस्तार अभियान जैमिनी नगर पालिकाको वडा नं. १० राङखानीमा सम्पन्न भएको छ ।