रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बरेङ गाउँपालिकाद्वारा सुखौराका जेष्ठ नागरिकलाई सम्मान
दिपेन्द्र परियार, बरेङ(सुखौरा) । १५ कार्तिक २०७५ । बुधबारदेखि जेष्ठ नागरिक सम्मान कार्यक्रम गर्न थालेको बरेङ गाउँपालिकाले बिहिबार बरेङ गाउँपालिका–५ सुखौराका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ .
देउराली–भित्रिबन–सल्यान मोटरबाटोको स्तरोन्नती हुँदै, गाउँपालिका द्वारा अनुगमन
डम्मर बुढा मगर, बरेङ (सुखौरा) । १५ कार्तिक २०७५ । बरेङ गाउँपालिकाले देउराली–भित्रिबन–सल्यानमोटरबाटोको स्तरोन्नती भइरहेको कार्यको अनुमगन गरेको छ । अहिले यस सडकको भित्रिबन क्षेत्रमा सडक फराकीलो गराउने कार्य भइरहेको छ ।
धुल्लुबाँस्कोट भिउडाँडाको एक गोठमा भरखरै आगलागी ।
१५ कार्तिक २०७५, बरेङ । बागलुङको बरेङ गाँउपालिका वडा नं. १ धुल्लुबाँस्कोटको भिउडाँडा स्थित एक गोठमा आगलागी भएको छ । भर्खरै मध्यान्ह सवा १२ बजे लागेको आगोले ५ मिनेटमै गोठ पुर्ण रुपमा जलेर नष्ट भएको छ ।
बरेङ गाँउपालिका द्वारा जेष्ठ नागरिक सम्मान कार्यक्रम शुरु !
दिपेन्द्र परियार, सल्यान । १४ कार्तिक २०७५ । बरेङ गाँउपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रमको शुरुवात गरेको छ । आज वडा न ४ सल्यानका जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमका बिच सम्मान गर्दै सम्मान कार्यक्रमको उद्घघाटन गरिएको हो ।
जनचेतना युवा क्लब काउलेचौरको १९औं बार्षिकोत्सब सम्पन्न ।
प्रकाश छन्त्याल, काउलेचौर । ११ कार्तिक २०७५ । बरेङ गाँउपालिका वडा नं. १ काउलेचौरमा रहेको जनचेतना युवा क्लबको १९औं बार्षिकोत्सब आईतबार सम्पन्न भएको छ । कार्तिक ५ गते उद्घाटन गरिएको बार्षिकोत्सब बिबिध प्रतियोगितात्मक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु सम्पन्न गर्दै आज सम्पन्न भएको हो ।






