दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

सूचना प्रबिधि सम्बन्धि २ दिने आधारभुत तालिम ।

प्रकाश छन्त्याल, सुदला । १६ मार्ग २०७५ । बागलुङको बरेङ गाउँपालिकामा सूचना प्रबिधि सम्बन्धि २ दिने आधारभुत तालिम  आज बाट शुरु भएको छ । जनप्रतिनिधि तथा कर्मचारीहरु लक्षित तालिमको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यतामा उद्घाटन गरियो । तालिमको उद्धेश्यको बारेमा बरेङ गाउँपालिकाका प्रसाशकिय अधिकृत बैकुण्ठ पौडेले प्रकाश पारे

राङखानीमा बन्चरो प्रहार गरि आमाको हत्या !

५ मार्ग २०७५, देबलधारा । बागलुङको जैमिनि नगर पालिका वडा नं. १० देबलधारामा छोराले बन्चरो प्रहार गरि आफ्नै आमाको हत्या गरेका छन् । स्थानिय रणधोज श्रीसको श्रीमती बर्ष ९१ को हरिकला श्रीसलाई उनकै छोरा बर्ष ५९ का कृष्ण भन्ने कर्ण बहादुर श्रीसले टाउकोमा बन्चरो प्रहार गरि हत्या गरेका हुन् ।

जापान गोजुरियो कँराते डो–बरेङ डोजोमा ग्रेड बृद्धि ।

०२ मार्ग २०७५, बरेङ । बागलुङको बरेङ गाँउपालिका वडा नं. १ र २ बरेङ बजार स्थित जापान गोजुरियो कँराते–डो केन्वाकाई नेपाल संघको बरेङ डोजोमा आईतबार ग्रेड बृद्धि गरिएको छ । डोजो अन्र्तगत मार्सल आर्ट सिकिरहेका प्रशिक्षार्थीहरुको क्षमता जाँच गर्दै प्रशिक्षार्थीहरुलाई बिभिन्न लेभलका बेल्ट बितरण गरिएको हो ।

मंगलापुर युवा बिकास केन्द्र गुरुङधाराको तेस्रो बार्षिकोत्सब सम्पन्न,मृगौला पिडित थापालाई सहयोग ।

३० कार्तिक २०७५,गुरुङधारा । मंगलापुर युवा बिकास केन्द्र गुरुङधाराको तेस्रो बार्षिकोत्सब आज सम्पन्न भएको छ । बागलुङको बरेङ गाँयपालिका वडा नं. २ गुरुङधारा स्थित उक्त क्लबको यहि कार्तिक २५ गते बाट शुरु भएको बार्षिकोत्सब कार्यक्रम आज साबिक अन्तर वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता सम्पन्न गर्दै सकिएको हो ।

बाटाकाचौरमा सम्पन्न घुम्ती शिविरबाट ३ सय १० नागरीक लाभान्वित ।

प्रकाश छन्त्याल, नयाँबजार । ३० कार्तिक २०७५ । जिल्ला प्रशासन कार्यालय बागलुङव्दारा बरेङ गाउँपलिका ३ बाटाकाचौरमा सुरु गरेको २ दिने घुम्ती सेवा शिविर शुक्रबार सम्पन्न भएको छ । शिविरमा ३ सय १० जना नागरीकले नागरीकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । जस आन्तर्गत ८३ जना पुरुष र २ सय २७ जना महिलाहरु लाभाम्वीत भएका छन ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal