रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
रेडियोे विहानीको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न ः संयोजकमा पुनः पुन चयन ।
२८ पौष २०७५, बरेङ । सामुदायिक रेडियोे विहानी ८९ मेघाहर्ज बरेङ बागलुङको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ ।
विहानी बहुउद्देश्यीय सहकारी संस्थाद्धारा संचालीत रेडियोले आज बरेङ बजारमा एक कार्यक्रमको आयोजना गरी आफ्नो तस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सर्बोदय क्याम्पसमा स्वबियु द्वारा नवआगन्तुक बिद्यार्थीहरुलाई स्वागत ।
२४ पौष २०७५, बरेङ । स्वतन्त्र बिद्यार्थी युनियन सर्बोदय क्याम्पसले नव आगन्तुक बिद्यार्थीहरुलाई स्वागत गरेको छ । बरेङ गाँउपालिकाको वडा नं. २ बरेङ बजार स्थित क्याम्पसको स्वबियुले प्रथम बर्षमा भर्ना हुन आएका बिद्यार्थीहरुलाई मंगलबार एक कार्यक्रमका बिच क्याम्पसमा स्वागत गरेको हो ।
माईकाथान सकनेरी बरेङ सडक खण्डको निर्माण सम्पन्न ।
२२ पौष २०७५, बरेङ । बागलुङको बरेङ गाँउपालिका वडा नं. २ अन्र्तगतको माईकाथान सकनेरी बरेङ सडक खण्डको निर्माण सम्पन्न भएको छ । वडाको बराहकोट र बरेङ बजारलाई सकनेरि तथा भेडिखोर हुर्दै जोड्ने मोटरबाटो निर्माण आईतबार मध्यान्ह सम्पन्न भएको हो ।
मनकामना सिग्दीको माघी मेला–२०७५ को तैयारी अन्तिम चरणमा ।
२२ पौष २०७५, सिग्दी । मनकामना युवा क्लब सिग्दीको माघी मेल– २०७५ को तैयारी अन्तिम चरणमा पुगेको छ । बरेङ गाँउपालिकाको वडा नं. २ सिग्दीमा रहेको उक्त क्लबले माघे संक्रान्ती पर्वको अबसरमा आयोजना गरेको २७ औं बार्षिकोत्सब तथा माघि मेला– २०७५ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको हो ।






