दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

रोकी राखेको बस अचानक चालक बिनै गुडेपछि...

२८ कार्तिक २०७५, बरेङ । बरेरोकी राखेको बस अचानक चालक बिनै गुडेपछि बरेङ बजारमा अचम्म भएको छ, तर बस दुर्घटना हुनबाट भने जोगिएको छ । बागलुङको बरेङ गाँउपालिका बरेङ बजार देखि बुटवलको लागी छुटने रात्री बस बरेङ बजारमा दुर्घटना हुनबाट बचेको हो ।

राजमो गलकोटको भैली बाट १६ लाख बढी संकलन, सम्मेलनलाई खर्च ।

रेडियो बिहानी संबाददाता, गल्कोट । २८ कार्तिक २०७५ । राष्ट्रिय जनमोर्चाले तिहारको अवसरमा देशै भर देउसी भैलो संचालन गरेको छ । राष्ट्रिय जनमोर्चा बाग्लुङले आफ्नो छैटौं जिल्ला सम्मेलनमा सहयोग पुग्ने अपेक्षा सहित संचालन गरिएको देउसी भैलो गलकोट नगर पालिकाका भिभिन्न स्थानमा भैलो खेलि सकिएको राष्ट्रिय जनमोर्चा गलकोटले जनाएको छ । 

तारेभिर खेलकुद परिवार जैमिनि ९ काे दउसि भैलाे शुरु ।

बागलुङकाे जैमिनि नगर पालिका वडा न. ९ पैञ्युथन्थप, साबिक वडा नं. २ स्थित तारेभिर खेलकुद परिवारकाे यस बर्षकाे देउसि भैलाे कार्यत्रम शुरु भएकाे छ । बिहिवार वडाकाे खाेल्टे बाट भैलाेकाे उद्घाटन गर्दै देउसि खेल्न शुरु गरिएकाे हाे ।

मृगौला पिडित मोहनको उपाचारार्थ अर्थिक सहयोगको अपिल, ग्रामिण युवा खेलकुद मञ्च साग्दि द्वारा सहयोग प्रदान

हिरा पुन, बरेङ । २० कार्तिक २०७५ । बागलुङको बरेङ गाउपालिका वडा न. २, निवासी दल बहादुर थापाको कान्छो छोरा २५ बर्षिय  मोहन थापाको दुवै मृगौला फेल भइ स्वाथ्य अवस्था साह्रौ  नजुक रहेको र हाल काठमान्डौको निदान हस्पितलमा हप्ताको दुई पटक डाइलसिस गराईरहनु भएको छ । अव मृगौला पिडित थापा संग डाइलसिस र प्रत्यारोपरण दुई वटा विकल्प मत्र बाँकी रहेको आरोग्य प्रतिस्थानका मृगौला रोग विशेषज्ञ डाक्टर कल्पना श्रेष्ठले बताउनुभएको छ । आर्थिक अबस्था कमजोर रहेका थापाको जिवन रक्षार्थ थापाको उपचारका लागि आर्थिक सहयोग गरिदन थापाका परिवारले अनुरोध गरेका छन् ।

ईलाका प्रहरी कार्यलय बरेङको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

प्रकाश छन्त्याल, बरेङ । २० कार्तिक २०७५ । बागलुङको बरेङ गाँउपालिका वडा नं १ धुल्लुबाँस्कोट बरेङमा ईलाका प्रहरी कार्यलय बरेङडाँडाको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal