दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बाटाकाचौरमा सम्पन्न घुम्ती शिविरबाट ३ सय १० नागरीक लाभान्वित ।

प्रकाश छन्त्याल, नयाँबजार । ३० कार्तिक २०७५ । जिल्ला प्रशासन कार्यालय बागलुङव्दारा बरेङ गाउँपलिका ३ बाटाकाचौरमा सुरु गरेको २ दिने घुम्ती सेवा शिविर शुक्रबार सम्पन्न भएको छ । शिविरमा ३ सय १० जना नागरीकले नागरीकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । जस आन्तर्गत ८३ जना पुरुष र २ सय २७ जना महिलाहरु लाभाम्वीत भएका छन ।

रोकी राखेको बस अचानक चालक बिनै गुडेपछि...

२८ कार्तिक २०७५, बरेङ । बरेरोकी राखेको बस अचानक चालक बिनै गुडेपछि बरेङ बजारमा अचम्म भएको छ, तर बस दुर्घटना हुनबाट भने जोगिएको छ । बागलुङको बरेङ गाँउपालिका बरेङ बजार देखि बुटवलको लागी छुटने रात्री बस बरेङ बजारमा दुर्घटना हुनबाट बचेको हो ।

राजमो गलकोटको भैली बाट १६ लाख बढी संकलन, सम्मेलनलाई खर्च ।

रेडियो बिहानी संबाददाता, गल्कोट । २८ कार्तिक २०७५ । राष्ट्रिय जनमोर्चाले तिहारको अवसरमा देशै भर देउसी भैलो संचालन गरेको छ । राष्ट्रिय जनमोर्चा बाग्लुङले आफ्नो छैटौं जिल्ला सम्मेलनमा सहयोग पुग्ने अपेक्षा सहित संचालन गरिएको देउसी भैलो गलकोट नगर पालिकाका भिभिन्न स्थानमा भैलो खेलि सकिएको राष्ट्रिय जनमोर्चा गलकोटले जनाएको छ । 

तारेभिर खेलकुद परिवार जैमिनि ९ काे दउसि भैलाे शुरु ।

बागलुङकाे जैमिनि नगर पालिका वडा न. ९ पैञ्युथन्थप, साबिक वडा नं. २ स्थित तारेभिर खेलकुद परिवारकाे यस बर्षकाे देउसि भैलाे कार्यत्रम शुरु भएकाे छ । बिहिवार वडाकाे खाेल्टे बाट भैलाेकाे उद्घाटन गर्दै देउसि खेल्न शुरु गरिएकाे हाे ।

मृगौला पिडित मोहनको उपाचारार्थ अर्थिक सहयोगको अपिल, ग्रामिण युवा खेलकुद मञ्च साग्दि द्वारा सहयोग प्रदान

हिरा पुन, बरेङ । २० कार्तिक २०७५ । बागलुङको बरेङ गाउपालिका वडा न. २, निवासी दल बहादुर थापाको कान्छो छोरा २५ बर्षिय  मोहन थापाको दुवै मृगौला फेल भइ स्वाथ्य अवस्था साह्रौ  नजुक रहेको र हाल काठमान्डौको निदान हस्पितलमा हप्ताको दुई पटक डाइलसिस गराईरहनु भएको छ । अव मृगौला पिडित थापा संग डाइलसिस र प्रत्यारोपरण दुई वटा विकल्प मत्र बाँकी रहेको आरोग्य प्रतिस्थानका मृगौला रोग विशेषज्ञ डाक्टर कल्पना श्रेष्ठले बताउनुभएको छ । आर्थिक अबस्था कमजोर रहेका थापाको जिवन रक्षार्थ थापाको उपचारका लागि आर्थिक सहयोग गरिदन थापाका परिवारले अनुरोध गरेका छन् ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal