रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
हुग्दिशिरकाे सक्नेरीमा एक घर जलेर नष्ट ।
केशवराज क्षेत्री, हुग्दिशिर ।१८ वैशाख २०७६ । बाग्लुङको बरेङ गा.पा २ हुग्दिशिर सक्नेरीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । बुधबार दिउँसो करिब २ बजे स्थानीय रन बहादुर पुनको खरको घरमा आगलागी भएको हो ।
नन्दलाल कलावती अक्षय कोषबाट सर्वोदय क्याम्पसका विद्यार्थीहरुलाई छात्रवृत्ति ।
केशबराज क्षेत्री, बरेङ । १५ वैशाख २०७६ । नन्दलाल कलावती छात्रवृत्ति प्रतिष्ठानद्धारा सर्वोदय क्याम्पस बरेङ बागलुङमा सञ्चालित अक्षय कोषबाट स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप नगद रकम प्रदान गरिएको छ ।
बरेङ गाउँपालिका अन्तर वडा स्तरीय विविध खेलकुद प्रतियोगिता हुने
केशबराज क्षेत्री –बरेङ, २०७६ वैशाख ८ । बरेङ गाउँपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा अन्तर वडा स्तरीय पुरुष भलिबल, ब्याडमिन्टन र मा.वि. स्तरीय रास्ट्रपति कप रनिङ सिल्ड प्रतियोगिता हुने भएको छ ।
पूर्तिघाटमा प्रथम कालीगण्डकी महोत्सव हुने ।
प्रेम पुन , पुर्तिघाट गुल्मी । ०६ वैशाख ०७६ । गुल्मीको कालीगण्डकी गाउँपालिकामा प्रथम कालीगण्डकी महोत्सव हुने भएको छ ।
वडा सदस्य केन्द्रले स्टेचर बाँडे ।
दिपेन्द्र परियार, जैदि । २३ चैत्र २०७५ । बागलुङको जैमिनी नगरपालिका वडा नं ७ जैदीका वडा सदस्य केन्द्र रसाइलीले शनिवार एक कार्यक्रमका बिच वडाका टोल टोलमा २० थान स्टेचर बितरण गरेका छन् ।