दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

अविरल वर्षा र हावाहुरीका कारण हुग्दिशिरका किसान मर्कामा

केशवराज क्षेत्री .२५ जेठ २०७६ हुग्दिशिर । बाग्लुङको बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिरका किसान मर्कामा परेका छन् । 

बरेङ गापाद्वारा बरेङ बजारमा सार्बजनिक सुनुवाई, योजनाको प्रभावकारी कार्यन्वयनमा सहभागिको जोड ।

२३ जेष्ठ २०७६, बरेङ बजार । बागलुङको बरेङ गा“उपालिकाले सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । बरेङ गाउ“पालिका गाउ“ कार्यपालिकाको कार्यलयको आयोजना तथा रेडियो बिहानी ८९ मेघाहर्जको सहजिकरणमा पालिकास्थित वडा नं. १ र २ को संयुक्त रुपमा बुधवार कार्यक्रम सम्पन्न भएको हो ।

बागलुङ बाटाकाचौरका २०१ विद्यार्थीलाई तालिम

 केशबराज क्षेत्री, बरेङ बागलुङ, २२ जेठ २०७६ । बागलुङको बरेङ गाउँपालिका कार्यालयको आयोजनामा बिद्यार्थीहरुका लागि तयारी खानेकुरा तथा लागुपदार्थ सेवन न्यूनीकरण र किशोरीहरुको लागि किशोरी प्रजनन स्वास्थ्य शिक्षा सम्बन्धि तालिम मंगलबार बरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचौरमा अवस्थित शारदा माध्यमिक विद्यालयमा भएको छ ।

बरेङ गापाका महिलाहरुलाई सिप विकास तालिम, कतै सम्पन्न कतै जारि ।

दिपेन्द्र परियार, नायाँबजार । २२ जेष्ठ २०७६ । बरेङ गाउँपालिकाको वडा न ३ बाटाकाचौरका महिलाहरुका लागी १५ दिने मुढा बुन्ने तालीम मङगलबार बाटाकाचौरको नयाँवजारमा सम्पन्न भएको छ ।

महिलाको आयआर्जनमा बृद्धिगर्दै उनिहरुको जिबन स्तर उकास्ने उद्धेश्य सहित बरेङ गाउपालिका महिला लक्षित सिप बिकास कार्यक्रम अन्तर्गत सो तालिमको आयोजना गरिएको हो ।

बरेङ गापाद्वारा बाटाकाचौरमा सार्बजनिक सुनुवाई ।

२१ जेष्ठ २०७६, नया“बजार । बागलुङको बरेङ गा“उपालिकाले सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । बरेङ गाउ“पालिका गाउ“ कार्यपालिकाको कार्यलयको आयोजना तथा रेडियो बिहानी ८९ मेघाहर्जको सहजिकरणमा पालिकास्थित वडा नं. ३ बाटाकाचौरको टारीकाचौरमा आज कार्यक्रम सम्पन्न भएको हो ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal