रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बरेङ गापाद्वारा बरेङ बजारमा सार्बजनिक सुनुवाई, योजनाको प्रभावकारी कार्यन्वयनमा सहभागिको जोड ।
२३ जेष्ठ २०७६, बरेङ बजार । बागलुङको बरेङ गा“उपालिकाले सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । बरेङ गाउ“पालिका गाउ“ कार्यपालिकाको कार्यलयको आयोजना तथा रेडियो बिहानी ८९ मेघाहर्जको सहजिकरणमा पालिकास्थित वडा नं. १ र २ को संयुक्त रुपमा बुधवार कार्यक्रम सम्पन्न भएको हो ।
बागलुङ बाटाकाचौरका २०१ विद्यार्थीलाई तालिम
केशबराज क्षेत्री, बरेङ बागलुङ, २२ जेठ २०७६ । बागलुङको बरेङ गाउँपालिका कार्यालयको आयोजनामा बिद्यार्थीहरुका लागि तयारी खानेकुरा तथा लागुपदार्थ सेवन न्यूनीकरण र किशोरीहरुको लागि किशोरी प्रजनन स्वास्थ्य शिक्षा सम्बन्धि तालिम मंगलबार बरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचौरमा अवस्थित शारदा माध्यमिक विद्यालयमा भएको छ ।
बरेङ गापाका महिलाहरुलाई सिप विकास तालिम, कतै सम्पन्न कतै जारि ।
दिपेन्द्र परियार, नायाँबजार । २२ जेष्ठ २०७६ । बरेङ गाउँपालिकाको वडा न ३ बाटाकाचौरका महिलाहरुका लागी १५ दिने मुढा बुन्ने तालीम मङगलबार बाटाकाचौरको नयाँवजारमा सम्पन्न भएको छ ।
महिलाको आयआर्जनमा बृद्धिगर्दै उनिहरुको जिबन स्तर उकास्ने उद्धेश्य सहित बरेङ गाउपालिका महिला लक्षित सिप बिकास कार्यक्रम अन्तर्गत सो तालिमको आयोजना गरिएको हो ।
बरेङ गापाद्वारा बाटाकाचौरमा सार्बजनिक सुनुवाई ।
२१ जेष्ठ २०७६, नया“बजार । बागलुङको बरेङ गा“उपालिकाले सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । बरेङ गाउ“पालिका गाउ“ कार्यपालिकाको कार्यलयको आयोजना तथा रेडियो बिहानी ८९ मेघाहर्जको सहजिकरणमा पालिकास्थित वडा नं. ३ बाटाकाचौरको टारीकाचौरमा आज कार्यक्रम सम्पन्न भएको हो ।
तयारी खानेकुरा तथा लागुपदार्थ सेवन न्यूनिकरणका लागि विद्यार्थीलाई तालिम
केशबराज क्षेत्री, बरेङ बागलुङ, २०७६ जेठ १९ । बागलुङको स्थानिय बरेङ गाउँपालिकाको आयोजनामा विद्यार्थीहरुका लागि आयोजित तयारी खानेकुरा तथा लागुपदार्थ सेवन न्यूनिकरण र किशोरीहरुको लागि किशोरी प्रजनन स्वास्थ्य शिक्षा सम्बन्धि तालिम आइतबार सल्यान सुखौरा मा.वि सल्यानबाट सुरुवात भएको छ ।