दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

तयारी खानेकुरा तथा लागुपदार्थ सेवन न्यूनिकरणका लागि विद्यार्थीलाई तालिम

केशबराज क्षेत्री, बरेङ बागलुङ,  २०७६ जेठ १९ ।    बागलुङको स्थानिय बरेङ गाउँपालिकाको आयोजनामा विद्यार्थीहरुका लागि आयोजित तयारी खानेकुरा तथा लागुपदार्थ सेवन न्यूनिकरण र किशोरीहरुको लागि किशोरी प्रजनन स्वास्थ्य शिक्षा सम्बन्धि तालिम  आइतबार सल्यान सुखौरा मा.वि सल्यानबाट सुरुवात भएको छ । 

दलितबर्ग उत्थान समिती बरेङ गाउपालिकाद्वारा बिपन्न दलितहरुलाई बाख्रा बितरण ।

दिपेन्द्र परियार, धुल्लुबाँस्कोट । ०२ जेष्ठ २०७६ । दलितबर्ग उत्थान समिती बरेङ गाउपालिकाले गाउपालिकाको वडा न १ धुल्लुबास्कोटमा बिपन्न दलितहरुलाई बाख्रा बितरण गरेको छ । समितिले बिपन्न १७ घरपरिवारलाई स्थानिय खरी जातका १÷१ वटा बाख्रा बिहिबार वितरण गरेको हो ।

दश दिने होमस्टे ब्यवस्थापन तथा कुकिङ तालिम सम्पन्न ।

०१ जेष्ठ २०७६, सिग्दी । सिग्दी होमस्टेमा सञ्चालित १० दिने होमस्टे ब्यवस्थापन तथा कुकिङ तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग बिकास समिति मुख्य शाखा कार्यलय बागलुङ द्वारा आयोजित तालिमको आज समापन गरिएको हो ।

पुर्ण खोप दिगोपनको शुनिश्चितता कार्यक्रम बरेङमा सम्पन्न ।

दिपेन्द्र परियार, बरेङ । ३० बैशाख २०७५ । हुग्दीसीर स्वास्थ्य चौकीमा पुर्ण खोप दिगोपनको शुनिश्चितता कार्यक्रम सम्पन्न भएको छ । बरेङ गाउपालिका स्तरिय कार्यरक्रम अन्र्तगत बरेङ गाँउपालिकाको बरेङ बजार स्थित हुग्दीसीर स्वास्थ्य चौकीमा सोमबार कार्यक्रम सम्पन्न भएको हो । 

बरेङमा राष्ट्रिय पुनर्निमाण प्राधिकरणको सार्बजनिक सुनुवाई, अस्थिर ब्युरोक्रेसीका कारण पुर्ननिर्माणमा ढिलाई ः प्रमुख अतिथि ढुङगाना ।

३० बैशाख २०७५, बरेङ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई ( अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार ) बागलुङले बरेङमा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय तहका सरोकार वालाहरु संग सार्बजनिक तथा निजि आवास पुनर्निमाण कार्यको गुनासो संबन्धी अन्र्तकृया तथा सार्बजनिक सुनुवाई कार्यक्रम आज बरेङ बजारमा सम्पन्न भएको हो ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal