दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

दलितबर्ग उत्थान समिती बरेङ गाउपालिकाद्वारा बिपन्न दलितहरुलाई बाख्रा बितरण ।

दिपेन्द्र परियार, धुल्लुबाँस्कोट । ०२ जेष्ठ २०७६ । दलितबर्ग उत्थान समिती बरेङ गाउपालिकाले गाउपालिकाको वडा न १ धुल्लुबास्कोटमा बिपन्न दलितहरुलाई बाख्रा बितरण गरेको छ । समितिले बिपन्न १७ घरपरिवारलाई स्थानिय खरी जातका १÷१ वटा बाख्रा बिहिबार वितरण गरेको हो ।

दश दिने होमस्टे ब्यवस्थापन तथा कुकिङ तालिम सम्पन्न ।

०१ जेष्ठ २०७६, सिग्दी । सिग्दी होमस्टेमा सञ्चालित १० दिने होमस्टे ब्यवस्थापन तथा कुकिङ तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग बिकास समिति मुख्य शाखा कार्यलय बागलुङ द्वारा आयोजित तालिमको आज समापन गरिएको हो ।

पुर्ण खोप दिगोपनको शुनिश्चितता कार्यक्रम बरेङमा सम्पन्न ।

दिपेन्द्र परियार, बरेङ । ३० बैशाख २०७५ । हुग्दीसीर स्वास्थ्य चौकीमा पुर्ण खोप दिगोपनको शुनिश्चितता कार्यक्रम सम्पन्न भएको छ । बरेङ गाउपालिका स्तरिय कार्यरक्रम अन्र्तगत बरेङ गाँउपालिकाको बरेङ बजार स्थित हुग्दीसीर स्वास्थ्य चौकीमा सोमबार कार्यक्रम सम्पन्न भएको हो । 

बरेङमा राष्ट्रिय पुनर्निमाण प्राधिकरणको सार्बजनिक सुनुवाई, अस्थिर ब्युरोक्रेसीका कारण पुर्ननिर्माणमा ढिलाई ः प्रमुख अतिथि ढुङगाना ।

३० बैशाख २०७५, बरेङ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई ( अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार ) बागलुङले बरेङमा सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय तहका सरोकार वालाहरु संग सार्बजनिक तथा निजि आवास पुनर्निमाण कार्यको गुनासो संबन्धी अन्र्तकृया तथा सार्बजनिक सुनुवाई कार्यक्रम आज बरेङ बजारमा सम्पन्न भएको हो ।

सिफारिस बिना निर्माण कार्य अघि बढाइएकोमा ढोरपाटन नगरपालिका–७ का वडा अध्यक्षद्धारा विज्ञप्ति

बुर्तिबाङ । ढोरपाटन नगरपालिका वडा नम्बर ७ बागलुङका वडा अध्यक्ष दिपक थापाले कानुनी प्रावधान मिचेर कुनै पनि निर्माण कार्य गर्न नहुने भन्दै आइतबार एक विज्ञप्ति जारी गरेका छन् । 

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal