रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बरेङ–२ पोखराचौरमा पिकअप जिप दुर्घटना, ११ घाइते
२२ मंसिर २०७६, बरेङ । बागलुङको बरेङ गाँउपालिका वडा नं. २ पोखराचौरमा पिकअप जिप दुर्घटना भएको छ । बराहाकोटबाट बरेङ बजार आउदै गरेको ध १ ज १८३ नम्बरको जिप दुर्घटना हुंदा जिपमा सवार ११ जना घाईते भएका छन् ।
बुटवलबाट छुटेको जीप पाल्पामा दुर्घटना, चालक सहचालक दुवैको मृत्यु
पाल्पा । २०७६ मंसिर १९ । सिदार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्डको केराबारी नजिकै जीप दुर्घटना भएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।
बागलुङ बडिगाडमा जीप दुर्घटना, १४ जना को घटनास्थालमै मृत्यु
बागलुङ । २०७६ मंसिर १७ । बागलुङ । २०७६ मंसिर १७ । गुल्मीबाट कुलपुजाको लागि बागलुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको छ ।
बागलुङ क्षेत्र नंं.२ (ख)प्रदेशसभा सदस्यमा जनमोर्चाका शाही विजयी
बिहानी संवाददाता, बागलुङ । २०७६ मंसिर १६ । बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही निर्वा्चित भएका छन् । आइतबार करिब १ बजेदेखि शुरुभएको मतगणना सोमबार राति १ः३० बजे मात्र अन्तिम नतिजा सार्वजनिक भएको थियो ।
भिजिट नेपालको आकर्षक गन्तब्य सत्यवती
प्रेम सुनार गुल्मी , मंसिर १५ । समुन्द्री सतह देखि २६ सय ९० मिटर उचाईमा रहेको गुल्मीको थाप्ले लेक साविक लुम्विनी अञ्चल कै सबै भन्दा अग्लो पाहड हो । जसको छेउवैमा अवस्थित छ सत्यवती धार्मिक तथा पर्यटकिय क्षेत्र ।जहाँबाट पुर्व उच्च हिम श्रृंखला सहित चारै तिरका सुन्दर वस्तीहरु नियाल्न सकिन्छ ।






