रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बेनीको संगिनी सहकारीका सञ्चालकलाई क्षमता अभिवृद्धि तालिम
बेनी, २०७६ मंसिर १५ । संगिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेनी म्याग्दीको आयोजनामा सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुका लागि एक दिने क्षमता अभिवृद्धि तालिम शनिवार सम्पन्न भएको छ ।
सुआहाराद्धारा बाटाकाचौर साग्दीका गर्भवती महिलाहरुलाई पोषण सामाग्री वितरण
बिहानी संवाददाता । २०७६ मंसिर १३, सुनौला हजार दिनभित्रका गर्भवती महिला, स्तनपान गराइरहेकी आमा र बच्चाहरुको पोषणको अवस्थामा सुधार गर्ने उद्देश्यले सुहाआराले गाउँघरका महिलाहरुलाई सहारा शिक्षा सँगै पोषण सामाग्री वितरण गर्दै आइरहेको छ ।
बिहानी बहुउद्देश्यीय सहकारीद्धारा एसएमएस बैंकिङ सेवा सुचारु !
केशबराज क्षेत्री, बरेङ । २०७६ मंसिर १२ । बिहानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बरेङले एसएमएस बैंिकङ सेवाको सुरुवात गरेको छ ।
बैंकिङ एवं ट्राफिक सुरक्षालाई मध्यनजर गर्दै निर्माण गरिएको प्रहरी बिट हस्तान्तरण !
बरेङ २०७६ मंसिर ८ । बैंकिङ साथै बरेङ बजारको ट्राफिक सुरक्षालाई मध्यनजर गर्दै शुक्रबार प्रभु बैंक बरेङ शाखाको सहयोगमा प्रहरी बिटको हस्तान्तरण गरिएको छ ।
धुर्कोटमा रेडियो सञ्चालन , मन्त्री गिरिद्धारा उद्घाटन
बुटवल, मंसिर ८ । गुल्मीमा पहिलो पटक स्थानिय सरकार मैं दर्ता र अनुमति दिइ सामुदायिक रेडियो धुर्कोट १०२.२ मेघाहर्ज सञ्चालनमा आएकोछ ।






