रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
राष्ट्रिय जनमोर्चाको बृहत आमसभा कुश्मीसेरामा
बागलुङ । २०७६ असोज १५ । राष्ट्रिय जनमोर्चा बागलुङको बृहत आमसभा हुने भएको छ । राष्ट्रिय जनमोर्चा जैमिनी नगर समिति बाग्लुङको आयोजनमा बिहीबार १६ गते जैमिनी नगरपालिकाको कुश्मीसेरा बजारमा हुने बताइएको छ ।
शासकहरुले जनताको कमजोर चेतनाको फाइदा उठाए ः थापा
बागलुङ । २०७६ असोज १५ । राष्ट्रिय जनमोर्चा बागलुङले सञ्चालन गरेको राष्ट्रिय स्वाधीनताको लागि गाउँ जागरण अभियान जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकामा विभिन्न टोली बनाएर टोली अनुसार भेला तथा प्रशिक्षण जारी रहेको छ ।
स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई भाले उपहार
केशबराज क्षेत्री बरेङ । २०७६ असोज १४ । बागलुङको बरेङ गाउँपालिकाले स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य चेकजाँच गराएको रेकर्डको आधारमा उपहार दिने भएको छ ।
राष्ट्रिय स्वाधिनताका लागि गाउँ जागरण अभियानमा राजमो
बिहानी संवाददाता बागलुङ। २०७६ असोज १४ । राष्ट्रिय जनमोर्चा बागलुङले सञ्चालन गरेको राष्ट्रिय स्वाधीनताको लागि गाउँ जागरण अभियान अन्तरगत २०७६ असोज १३ गते टोली नं. ४ ले काठेखोला गाँउपालिका वडा नं. ३ धम्जामा वडा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोे छ ।
दशैँ नजिकिए सँगै बुटवल बरेङ खण्डको मोटरबाटो सरसफाई
प्रकाश छन्त्याल, बरेङ । २०७६असोज १० । निरन्तरको अविरल वर्षाका कारण अवरुद्ध भएका बुटवल बरेङ खण्डको मोटरबाटो सरसफाई कार्य सम्पन्न भएको छ ।






