रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बरेङमा स्थानिय बजार अनुगमन, म्याद गुज्रिएका सामान जफत गरी नष्ट ।
१२ बैशाख २०७७, बरेङ । बरेङ गाँउपालिका द्वारा स्थानिय बजार अनुगमन गरिएको छ ।
गुल्मी शान्तिपूर बसपार्कको एक घरमा आगलागी, एक बालकको मृत्यु
शान्तिपूर । २०७७ बैशाख ८ । गुल्मी शान्तिपूर बसपार्कको एक घरमा आगलागी भएको छ । आगलागीबाट एक बालकको मृत्यु सहित ठुलो धनराशीको क्षति भएको छ ।
बरेङ गापाद्वारा रेडियो बाट एसइइ तयारी कक्षा सञ्चालन हुदैं ।
६ बैशाख २०७७,बरेङ । बरेङ गाँउपालिकाले एसइइको तैयारीमा हाल लकडाउनका कारण घर घरमा बसेका बिधार्थीहरुका लागि रेडियो बाट कार्यक्रम एसइइ तैयारी बिषेश चलाउने भएको छ ।
नयाँबजार क्वारेन्टाइनका ५ लाई मह र प्रशंसा पत्र सहित बिदाई ।
०२ बैशाख २०७७, नयाँबजार । बरेङ गाँउपालिकाको नयाँबजार क्वारेन्टाइनमा रहेका ५ लाई मह र प्रशंसा पत्र सहित बिदाई गरिएको छ ।
र्यापिड टेष्ट गरिएका ५६सहित रिर्पोट आउन बाँकी भनिएका क्वारेन्टाइनका १को रिर्पोट पनि नेगेटिभ ।
१ बैशाख २०७७, बरेङ । बरेङमा सोमबार दोस्रो दिन २१ जनाको ¥यापिड डाइगोनिष्टिक टेष्ट गरिएको छ ।






