रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
गुल्मीको कालिगण्डकीमा राष्ट्रिय जनमोर्चा बैकल्पिक शक्तिको रुपमा उदाउदै
दिपेन्द्र परियार १९ चैत्र २०७८ । राष्ट्रिय जनमोर्चा कालिगण्डकी गाउँपालिका वडा नम्बर ७ भुर्तुंग को चुनाबी भेला धुँवाखोला मा सम्पन्न भएको छ। भेला लाइ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा का केन्द्रिय सदस्य रामकुमार क्षेत्रीले कालिगण्डकी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले बैकल्पिक शक्तिको रुपमा बलियो उपस्थिति जनाइसकेको बताउनु भयो।
सत्ता कसरी चलाउनु पर्छ भन्ने राजमोको सरकार रहेको बरेङ गाँउपालिकाबाट सिक्नु पर्ने ः ढुङगाना
दिपेन्द्र परियार १७ चैत्र २०७८।राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुङगानाले एमाले माओबादी र कांग्रेस मिलेर मुलुकलाई संघियताको दलदलमा धकेलेर देशलाई आर्थिक संकटमा डुवाउदै लगेकोे बताउनुभयो ।
राष्ट्रिय जनमोर्चा कालीगण्डकी गापा ५ फोक्सिङ्गको चुनाबी प्रचार भेला सम्पन्न
दिपेन्द्र परियार १५ चैत्र २०७८ । राष्ट्रिय जनमोर्चा कालीगण्डकी गापा ५ फोक्सिङ्ग गुल्मीको चुनाबी प्रचार भेला सम्पन्न भएको छ ।
धुल्लुबास्कोट स्वास्थ्य चौकीको उद्घाटन
दिपेन्द्र परियार १५ चैत्र २०७८ । बरेङ गाँउपालिकाको धुल्लुबास्कोट स्वास्थ्य चौकीको उद्घाटन गरिएको छ ।
बरेङ गाँउपालिकाको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न
दिपेन्द्र परियार १४ चैत्र २०७८ । आईतबार गाँउपालिकाले आर्थिक बर्ष २०७८ ÷७९ को बार्षिक कार्यक्रमको समिक्षा तथा दोस्रो चौमासीक सम्मको आयब्यय सार्बजनिक गरेको हो ।






