रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बरेङमा कोरोना संक्रमणको स्थिति भयाबह बन्दै ः ३९ संक्रमित थपिए
हरिकुमार केसि १७ साउन २०७७ । बरेङ मा आईतबार थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धारा माबिमा स्वास्थ्य सामग्री हस्तान्तरण
दिपेन्द्र परियार १७ साउन ०७८ धारा माध्यमिक विद्यालयवाट २०६८ सालको एस।एल।सी सातौं व्याजका विद्यार्थीहरुको सहयोगमा विश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरस रोकथाम गर्नका लागि आइतवार एक कार्यक्रम सहित रु १,३०,००० वरावरको स्वास्थ्य सामग्री विद्यालयलाई हस्तान्तरण गरेका छन। सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि तथा वि।व्य।स। का अध्यक्ष अमर बहादुर थापाले विद्यालयका पूर्वविद्यार्थीहरुले विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर अभिभावकिय भूमिका निर्वाह गरेको बताउनुभयो । पूर्वविद्यार्थीहरुले विद्यालय प्रति देखाउनुभएको सहयोगले सम्पूर्ण पूर्वविद्यार्थीहरुको सहयोग र सदभावको अगुवाई गर्दै सबै पुर्व बिधार्थीहरुलाई बिधालय संग जोडिन आग्रह गर्नुभयो । हाम्रो विद्यालय गुणस्तरीय शिक्षाका लागि अगाडी वढेको विद्यालय भएकोले र समग्र शिक्षाको बिकाशका लागि सवै पुर्व बिधार्थी साथै सचेत नागरीकले आ—आफ्नो ठाउँवाट योगदान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमला थापा ,पूर्व अध्यक्ष तथा सल्लाहाकार तिलक थापा, आर्थिक समितिका संयोजक थिर बहादुर राना, शिक्षक भिम बहादुर वि।क, बालकल्बका उपाध्यक्ष कविता थापा , पूर्व विद्यार्थीहरु सूर्य विश्वकर्मा,ओमकार थापा,साजन सुनारले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम पूर्वविद्यार्थी हरि बहादुर थापाको अध्यक्षता स्वागत मन्तव्य पूर्वविद्यार्थी दिपिसा पुन र पूर्वविद्यार्थी बेलमति थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
बरेङमा नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत रानालाई स्वागत
०७८ साउन १० । हरि कुमार केसी, हुग्दिशिर । बरेङ गाउँपालिकाले गाउँपालिकामा नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत जीत बहादुर रानालाई स्वागत गरेको छ ।
बरेङ गाउँपालिका अध्यक्ष शर्माद्धारा कर्मचारीको प्रशंसा
३१ असार २०७८ । बिहानी संवाददाता, हुग्दिशिर । बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले पालिकाका कर्मचारीको प्रशंसा गर्नुभएको छ ।
बरेङको आ.व २०७७÷०७८ को वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
३१ असार २०७८ । बिहानी संवाददाता, हुग्दिशिर । बरेङ गाउँपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम बिहीबार पालिकाको सभाहलमा सम्पन्न भएको छ ।






