रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बरेँङका अलैचि किसानले यस सिजनमा झण्डै २२ लाख रकम गाँउ भित्राउन सफल
दिपेन्द्र परियार बरेङ २४ कार्तिक २०८०।। नमुना अलैचीं उत्पादक कृषक समुह बरेँङका अलैचि किसानले यस सिजनमा करिब १६ क्विन्टलसम्म अलैंची निर्यात गर्दै झण्डै २२ लाख रकम गाँउ भित्राउन सफल भएका छन ।
विद्युतीय स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा काम गर्नका लागि पालिकाद्वारा कम्प्युटर वितरण
२० कात्तिक २०८० । बरेङ । बागलुङ जिल्लाको बरेङ गाउँपालिका अन्तर्गतका स्वास्थ्य सस्थाहरुमा विद्युतीय स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (इएचएमआइएस) सफ्टवेयर सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम सम्पन्न भएसङ्गै स्वास्थ्य सस्था र सामुदायिक स्वास्थ्य इकाइलाई १२ थान कम्प्युटर डेस्कटप वितरण समेत गरिएको छ ।
दोस्रो जैमिनि ब्याडमिन्टन कप २०८० को उपाधि बरेङ ब्याडमिनटन संघलाई
भुमा मगर । १९ कार्तिक २०८० ।जैमिनि ब्याडमिन्टन संघले आयोजना गरेको दोस्रो जैमिनि ब्याडमिन्टन कप २०८० तथा धौलागिरी अञ्चल स्तरिय सि लेवल व्याडमिन्टन प्रतियोगिताको उपाधि बरेङ ब्याडमिन्टन संघले प्राप्त गरेको छ ।
बरेङका स्वास्थ्य संस्थाहरूमा विद्युतीय स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली सम्बन्धी अभिमुखीकरण तालिम
बरेङ गाउँपालिका अन्तर्गतका स्वास्थ्य सस्थाहरुमा विद्युतीय स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (इएचएमआइएस) सफ्टवेयर सम्बन्धी अभिमुखीकरण तालिम संचालन भएको छ ।
आदर्श सञ्चार सहकारी संस्था बरेङ सेवा केन्द्रद्वारा श्रद्धाञ्जली तथा राहत प्रदान कार्यक्रम सम्पन्न
विहानी संवाददाता । ०३ कार्तिक २०८० ।आदर्श सञ्चार सहकारी संस्था लिमिटेड, बरेङ सेवा केन्द्रद्वारा आज शुक्रबार श्रद्धाञ्जली तथा राहत प्रदान कार्यक्रम सम्पन्न भएको छ।






